सुनसरी घटनाको प्रभाव सिरहामा: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी, कर्फ्युबीच पनि प्रदर्शन जारी

छानबिन न्यूज
पाठक संख्या 18
1 Min Read
Oplus_16908288

१४ साउन, सिरहा । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहामा पनि देखिएको छ। सिरहाको गोलबजार क्षेत्रमा बिहीबार दुई समूहबीच झडप हुँदा ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ।

तस्बिरमा देखिएअनुसार आगोले मोटरसाइकलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएर अवस्था नियन्त्रणमा लिन प्रयासरत देखिन्छन्। गोलबजार नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको छ।

घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको भए पनि सडकमा प्रदर्शन र तनाव पूर्ण रूपमा रोकिएको छैन। सुरक्षा निकायले थप जनशक्ति परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ।

झडपको कारण, मानवीय क्षति तथा आगजनीमा संलग्न व्यक्तिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
शेयर