१४ साउन,जनकपुरधाम । सिरहाको गोलबजारमा कर्फ्यू आदेश जारी रहेकै अवस्थामा दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेका छन्। झडप चर्किँदै गएपछि गोलबजार क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। सुरक्षाकर्मीले क्षेत्रमा कडा निगरानी बढाएका छन् भने थप अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको छ भने मृत्युको कारण र गोली लागेको परिस्थितिबारे सुरक्षा निकायले अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया


