१४ साउन,बारा । पर्साको वीरगञ्जमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले साउन १४ गते साँझ ५ बजेदेखि साउन १५ गते बिहान ६ बजेसम्म वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो।
निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ। आदेश उल्लंघन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
निषेधाज्ञा प्रतिमा चोक–बसपार्क बाइपास रोडदेखि पूर्व, तिलावे पुलसम्म पश्चिम, गण्डक चोकसम्म उत्तर र शंकराचार्य गेटसम्म दक्षिण क्षेत्रभित्र लागू हुने प्रशासनले जनाएको छ।

प्रतिक्रिया


