ईर्साद अन्सारी
१३ साउन,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
सर्वदलीय बैठक सम्पन्न गरेलगत्तै सभापति लामिछाने कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। हाल श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ।
श्रेष्ठको पार्थिव शरीरमा कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन्। श्रद्धाञ्जली कार्यक्रमपछि आजै उनको अन्त्येष्टि गरिने तयारी गरिएको छ।
८३ वर्षीय श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनलाई गत ७ साउनमा कांग्रेस सभापति गगन थापाले पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए।


