श्रीमतीको हत्या प्रयास गरेको आरोपमा सर्लाहीमा एक युवक पक्राउ

छानबिन न्यूज
पाठक संख्या 27
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१२ साउन,बारा ।  सर्लाहीको धनकौल गाउँपालिका–१ का २१ वर्षीय बसन्ता बैठा धोबी आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीको हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

बागमती नगरपालिका–५ स्थित ससुरालीमा सोमबार राति करिब ८ बजे धोबीले श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरिरहेको अवस्थामा १० वर्षीया बहिनी कुसुम कुमारीले देखेर खबर गरेपछि आफन्तले पासो खोलेर समयमै उनको उद्धार गरेका थिए।

प्रहरी चौकी राजघाटको टोलीले घाइतेलाई उपचारका लागि बागमती मोडेल अस्पताल र वीरगञ्ज हुँदै थप उपचारका लागि रौतहटको गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएकोमा उनको अवस्था गम्भीर रहेको छ भने घटनामा संलग्न धोबीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
शेयर