सुनसरी घटना: एमाले नेता गोकुल बाँस्कोटाद्वारा गृहमन्त्री सुधन गुरुङको राजीनामा माग

छानबिन न्यूज
पाठक संख्या 60
1 Min Read
Oplus_16908288

काठमाडौं । सुनसरीको घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङको राजीनामा मागिएको छ । पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सुनसरीको घटनाप्रति जवाफदेही बन्दै गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने बताएका हुन् ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा भएको दुई समुदायबीच झडप र त्यस क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ भने सुरक्षार्कीसहित डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।

सोमबार पनि सो क्षेत्र तनावग्रस्त छ भने स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । गृह मन्त्रालयले छानबिन गर्न ५ सदस्यीय समिति पनि गठन गरेको छ ।

 

उक्त घटनालाई लिएर नेता बाँस्कोटाले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन् । सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री गुरुङले जवाफदेहिताको आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका हुन् ।

प्रतिक्रिया
शेयर