सुनसरीको कप्तानगञ्ज घटना: सिडिओसहित उच्च सुरक्षा अधिकारी फिर्ता, कफ्र्यु जारी

छानबिन न्यूज
पाठक संख्या 60
1 Min Read
Oplus_16908288

११ साउन,बिराटनगर ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भीषण झडप भएको छ। सो घटनामा परी एक जनाको मृत्यु भएको छ भने १० नेपाल प्रहरी, ५ सशस्त्र प्रहरी र ९ सर्वसाधारण गरी २४ जना घाइते भएका छन्।

घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालय तानेर संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई पठाएको छ।

त्यसैगरी, कोशी प्रदेशका डीआईजी विनोद घिमिरे, सुनसरीका एसपी केशव थेवे र कप्तानगञ्जका सशस्त्र प्रहरी डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ।

उनीहरूको ठाउँमा क्रमशः डीआईजी शेखर खनाल, एसपी पुष्पराज मल्ल र डीएसपी मदन नाथलाई खटाइएको छ। घटनाको निष्पक्ष छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। सोमबार पनि सो क्षेत्र तनावग्रस्त रहेकाले स्थानीय प्रशासनले  कर्फ्यु आदेश जारी  गरि सेना परिचालन गरिएकाे छ।

प्रतिक्रिया
शेयर