११ साउन,बारा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेकाले जिल्ला प्रशासन कार्यालयले कफ्र्यू जारी गर्दै सुरक्षाका लागि नेपाली सेनालाई बख्तरबन्द गाडीसहित गस्तीमा उतारेको छ।
कर्फ्यू उल्लंघन गर्दै स्थानीयले आगजनी र तोडफोडसहित प्रदर्शन जारी राखेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना परिचालन गरिएको हो।
यसैबीच, घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ भने गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै स्थानीय देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ।
प्रतिक्रिया


