मिलन राष्ट्रिय दैनिकको आठौँ वार्षिकोत्सव सम्पन्न, सत्य र जिम्मेवार पत्रकारितामा नगर प्रमुखको जोड

छानबिन न्यूज
पाठक संख्या 179
1 Min Read

११ साउन,बारा ।  बाराकाे  गढीमाई मन्दिर परिसरमा सोमबार आयोजित एक विशेष समारोहका बीच मिलन राष्ट्रिय दैनिकले आफ्नो आठौँ वार्षिकोत्सव मनाएको छ।

पत्रिकाका प्रकाशक बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले केक काटेर पत्रिकाको निरन्तर प्रगति, उन्नति र सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता आजको अपरिहार्य आवश्यकता भएको बताउँदै तथ्यमा आधारित समाचार सम्प्रेषण गरी समाजप्रतिको उत्तरदायित्व इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले गढीमाई शक्तिपीठको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय घटनाको वास्तविकता नबुझी बाहिरी जिल्लाबाट एकपक्षीय समाचार सम्प्रेषण हुने प्रवृत्तिप्रति असन्तुष्टि समेत व्यक्त गरे।

साे कार्यक्रमा नेपाल  पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान र बारा शाखाका अध्यक्ष रमेश सुवेदीले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा   गढीमाई मन्दिरका मूल पुजारी शिव बाबा, स्थानीय जनप्रतिनिधि, शिक्षक, पत्रकार लगायतकाे  उपस्थिति रहेकाे कार्यक्रमकाे सञ्चालन पत्रिकाकाे कार्यकारी सम्पादक नरेश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया
शेयर