बाराको कलैयामा मोटरसाइकल दुर्घटना: पोलमा ठोक्किँदा एक किशोरको मृत्यु, अर्का एक घाइते

छानबिन न्यूज
पाठक संख्या 35
1 Min Read
Oplus_16908288

११ साउन,बारा ।  बाराको कलैया उपमहानगरपालिका–१७ ब्रहमपुरीस्थित जामुन पसल अगाडिको भित्री सडकखण्डमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

भवानीपुरबाट ब्रहमपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किँदा कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी मोहम्मद अजिज मन्सुरका छोरा सोयब मन्सुरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सोयबलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए भने मोटरसाइकलको पछाडि सवार सोही ठाउँका साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारीको हातमा चोट लागेकाले सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाको सूचना पाउनासाथ अस्थायी प्रहरी पोस्ट गंगापुरका प्रहरी सहायक निरीक्षक महमद हुसेन देवानको   प्रहरी टोलीले घटनास्थलको वस्तुस्थिति नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया
शेयर