नारायणी अस्पताल तोडफोड र चिकित्सक कुटपिटमा संलग्न एक जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 123
1 Min Read
Oplus_16908288

१० साउन,बारा ।  वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सक डा. प्रमोद राममाथि कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको विशेष पहल, निरन्तर समन्वय र निर्देशनपछि प्रहरीले दोषीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको हो।

घटनापछि मन्त्री मेहताले घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा सह्य नहुने स्पष्ट पार्दै दोषीमाथि कडा कानुनी कारबाहीको प्रतिबद्धता जनाएकि छिन ।

प्रतिक्रिया
शेयर