८ लाख २१ हजार घूससहित डिभिजन प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

छानबिन न्यूज
पाठक संख्या 27
1 Min Read
Oplus_16908288

९ साउन,बारा ।  जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ८ लाख २१ हजार रुपैयाँ घूस लिएको आरोपमा कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी पक्राउ परेका छन्।

डिभिजन प्रमुख ढकालको निर्देशनमा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझेर उनको बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको सरकारी क्वाटरमा पुर्‍याएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले शुक्रबार साँझ क्वाटरमा छापा मार्दा ढकाल बसेकै सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला परेको थियो ।

 खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँसमेत बरामद भएको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन्।

घूस रकमसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया
शेयर