मधेस प्रदेशमा खाद्य प्रविधि कार्यालयको ठूलो क्र्याकडाउन: बारालाई केन्द्रमा राखेर ६२ व्यवसायीमाथि मुद्दा!

छानबिन न्यूज
पाठक संख्या 72
1 Min Read
Oplus_16908288

९ साउन,बारा ।  मधेस प्रदेशमा गुणस्तरहीन, म्याद गुज्रिएका र अखाद्य वस्तु उत्पादन तथा बिक्री-वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ६२ जना उद्योगी-व्यवसायीविरुद्ध सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयहरूमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरिएका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा कैफियत पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएकोमा, सबैभन्दा बढी बारा र पर्साका ५१ उद्योगी-व्यवसायी निशानामा परेका छन्।

यसबाहेक महोत्तरीका सात, सर्लाही र रौतहटका तीन तथा धनुषाका एक जनामाथि मुद्दा दर्ता भइसकेको छ भने सप्तरी, सिरहा र धनुषाका थप पाँच जनामाथि पनि मुद्दा चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सोही अवधिमा सङ्कलन गरिएका ४,५५९ खाद्य नमुनामध्ये ३५ वटामा प्रतिकूल नतिजा आएको, ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी परीक्षण गरिएको र धनुषा तथा सर्लाहीका दर्जनाैँ होटल-रेष्टुरेन्टको अनुगमन गरी रु. १० लाखभन्दा बढी जरिवाना तिराउनुका साथै अखाद्य वस्तु जफत गरी नष्ट गरिएको जानकारी कार्यालय प्रमुख विमलकुमार दाहालले दिनुभएको छ।

प्रतिक्रिया
शेयर