९ साउन,बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकार सञ्चालन, प्रदेशसभामा सहकार्य तथा संयुक्त सरकार गठन गर्नेबारे तीन बुँदे सहमति भएको छ।
सहमति पत्रमा पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्थिर राजनीतिक प्रतिस्पर्धाजस्ता समस्याहरूलाई समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।
जनताको चाहना अनुरूप मुलुकमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र बनाउने साझा लक्ष्यका साथ दुवै दल एकै ठाउँमा उभिएका हुन्।
प्रतिक्रिया


