कलैयाको व्यस्त तरकारी बजारस्थित हनुमान मन्दिरको दानपेटिका फोडेर चोरी, अनुसन्धान सुरु

छानबिन न्यूज
पाठक संख्या 47
1 Min Read

८ साउन,बारा । बाराको सदरमुकाम कलैयास्थित अति नै व्यस्त मानिने तरकारी बजारमा रहेको प्रसिद्ध हनुमान मन्दिरको दानपेटिकाको ताला फुटाई अज्ञात समूहले चोरी गरेको छ।

भक्तजनहरूले श्रद्धापूर्वक दानपेटिकामा चढाएको रकम र जिन्सी सामानहरू चोरी भएको यो घटनामा कति परिमाणको क्षति भयो भन्ने यकिन भइसकेको छैन।

घटनाको समयमा मन्दिर परिसरमा कोही थिए वा थिएनन् भन्ने विषय खुल्न बाँकी रहेको छ भने व्यस्त बजारको बीचमै भएको यस घटनापछि स्थानीय प्रहरीले अनुसन्धान प्रक्रिया  अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया
शेयर