५ लाख घुससहित सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 141
1 Min Read
Oplus_16908288

७ साउन,बारा ।  सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनी ५ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन्।

​पालले सिरहा सुपर मार्केट प्रालिको पूर्ण कर परीक्षण गर्दै थिए। त्यसै क्रममा उनले घुस मागेका थिए। सुरुमा उनले १२ लाख रुपैयाँ मागेका थिए, पछि उनी ५ लाख रुपैयाँमा काम गर्न राजी भए।

​उनले पहिले विभिन्न व्यक्तिमार्फत रकम बुझ्न खोजेका थिए, तर त्यो सम्भव भएन त्यसपछि उनले सेवाग्राहीलाई आफ्नै कार्यालयमा बोलाएर कार्यालयमै ५ लाख रुपैयाँ बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गर्यो।

प्रतिक्रिया
शेयर