ईर्साद अन्सारी
७ साउन,बारा । रौतहटको गुजरा नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा आगामी साउन ११ गतेदेखि ३१ गतेसम्म वर्षे बिदा हुने भएको छ।
नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी सूचना अनुसार प्रशासनिक कामकाज बाहेक सम्पूर्ण शिक्षण सिकाइका कार्यहरू उक्त अवधिभर बन्द रहनेछन्।
शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत शिव मँगल शाहका अनुसार साउन ३१ सम्म बिदा रहने र भदौ १ गतेदेखि बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म नियमित रूपमा पठनपाठन सञ्चालन हुनेछ।
प्रतिक्रिया


