ईर्साद अन्सारी
६ साउन,बारा । स्थानीय तहमा हुने सेवा प्रवाहको ढिलासुस्ती, भ्रष्टाचार र निर्माण कार्यको अनियमितता नियन्त्रण गर्न सरकारले मुख्यसचिवमार्फत प्रत्यक्ष गुनासो सुनुवाइ गर्ने नयाँ संयन्त्र परिचालन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सार्वजनिक सेवा र विकास निर्माणमा जनगुनासो बढेपछि ‘हेलो सरकार’ पोर्टल (www.gunaso.opmcm.gov.np), हटलाइन ११११ वा क्यूआर कोडमार्फत प्राप्त हुने उजुरीहरूलाई मुख्यसचिवको सक्रियतामा कडाइका साथ सम्बोधन गरिने भएको छ।
प्रतिक्रिया


