सर्लाहीमा मिटरब्याजको विवादमा साहु पक्षको आक्रमण: एकै परिवारका चार जना घाइते

छानबिन न्यूज
पाठक संख्या 30
1 Min Read
Oplus_16908288

६ साउन,बारा ।  सर्लाहीको बसबरिया गाउँपालिका–२ निवासी ‘मिटरब्याज विरुद्ध पैदल न्याय मार्च’ का सहभागी आन्दोलनकारी इन्दल सहनी, उनका छोराहरू उमेश सहनी, मुना सहनी र श्रीमती भगवती कुमारी सहनी मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको सामूहिक कुटपिटबाट गम्भीर घाइते भएका छन्।

केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिई ग्यारेन्टीस्वरूप २६ कठ्ठा जग्गा राजीनामा पास गरिदिएका सहनीले साँवा–ब्याज गरी १०–११ लाख रुपैयाँ चुक्ता गरिसकेको र वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने सहमति भएको दाबी गरेका छन्।

तर, साहु लक्ष्मी कुर्मीको निधनपछि उनका छोरा बिलास शाहले विगत १० वर्षदेखि सहनी परिवारले नै जोतभोग गर्दै आएको सो जग्गा अर्कैको नाममा बिक्री गरिदिएका थिए।

आन्दोलनबाट घर फर्किएपछि विवादित जग्गामा जबरजस्ती धान रोप्न खोज्दा विरोध गरेपछि विशाल शाहको नेतृत्वमा विशेषर, लक्ष्मण, जगदीश र रामप्रवेश शाहलगायतले आक्रमण गर्दा गम्भीर घाइते भएका सहनी परिवारका चारै जनाको हाल बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
शेयर