६ साउन,बिराटनगर । सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिका-१ घर भई हाल विराटनगर महानगरपालिका-१३ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय सञ्जीव झाले बुधबार अपरान्ह आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन्।
रोजगारीका लागि भारतमा बस्दै आएका र चार दिनअघि मात्रै घर फर्किएका झाको श्रीमतीसँग विवाद भएपछि उनले यस्तो कदम चालेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
अपरान्ह करिब ४:३० बजे सूचना पाउनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले समयमै घटनास्थल पुगेर सलाई जलाउनै लाग्दा उनको सकुशल उद्धार गरेको हो।
विगतमा पनि पारिवारिक झैझगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमती र दुई सन्तानका साथ विराटनगरमा बस्दै आएका झालाई उद्धारपछि वडा प्रहरी कार्यालयमा राखिएको छ भने घटनाको थप कारण र पारिवारिक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एआई सिरजित तस्बिर


