६ साउन,बारा । बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाराले प्रादेशिक अस्पताल कलैयामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी कार्यक्रम सम्पन्न गरेको छ।
पार्टीका कार्यवाहक सभापति मनोज भट्टको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि मथुरा प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन भएकाे थियाे ।
सो कार्यक्रममा केन्द्रीय सदस्य बिनिता खड्का, मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, जिल्ला सचिवद्वय भैयाराम यादव र राजेश रौनियार, नेता तेजनारायण जैसवाल, तरुण दलका पूर्व केन्द्रीय सचिव राजेन्द्र जैसवाल तथा युवा नेता ईन्जाद अन्सारी लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
नेपालमा प्रजातन्त्र स्थापना र राष्ट्रियता तथा प्रजातान्त्रिक समाजवादको जग बसाल्न प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) ले पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै सो कार्यक्रम सम्पन्न गरिएको हो।


