६ साउन,बारा । दाङको बंगलाचुली गाउँपालिका–८ स्थित घोरल भिर क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध हातहतियार बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सो क्षेत्रमा पर्ने पिपली जंगलबाट बुधबार बिहान ११ थान भरुवा बन्दुक बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले जंगलमा बेवारिसे अवस्थामा राखिएका ती भरुवा बन्दुकहरू फेला पारेको हो। बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरीले बरामद गरिएका हातहतियार नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक छानबिन तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया


