चोभारमा गुडिरहेको कारमा आगलागी, गाडीभित्रै यात्रु जलेको आशङ्का

छानबिन न्यूज
पाठक संख्या 30
1 Min Read
Oplus_16908288

५ साउन,काठमाण्डाैं । काठमाडौँको चोभारमा मंगलबार साढे ११ बजेपछि गुडिरहेको बा ५ च ३०३८ नम्बरको निजी कारमा एक्कासि आगलागी भएको छ।

विद्युतीय (ईभी) नभएको उक्त गाडीमा आगो लागेको देख्नासाथ प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरेका थिए।

खबर पाउनसाथ घटनास्थल पुगेको ट्राफिक टोलीले आगो नियन्त्रणमा लिएको भए पनि गाडीको ढोका नखुलेको र भित्र धुवाँ भरिएका कारण चालकसहित अन्य यात्रु गाडीभित्रै जलेको अवस्थामा रहेको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ।

प्रहरीका अनुसार चालक डढेको अवस्थामा देखिएका छन् भने धुवाँ र ढोकाको समस्याका कारण गाडीभित्र रहेका यात्रुको यकिन सङ्ख्या भने अझै खुल्न सकेको छैन।

प्रतिक्रिया
शेयर