५ साउन,काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा सोही गाडीभित्रबाट एक जना पुरुषको शव निकालिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार आगलागी भएको उक्त गाडी नबिल बैंकको नाममा रहेको खुलेको छ
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरिसकेको छ।
प्रतिक्रिया


