काभ्रेकी सालु गुरुङद्वारा बौद्धमा आत्मदाहको प्रयास: कीर्तिपुर बर्निङ अस्पतालको आईसीयूमा उपचार हुँदै

छानबिन न्यूज
पाठक संख्या 66
1 Min Read
Oplus_16908288

५ साउन,काठमाण्डाैं । काभ्रेको तिमाल स्थायी घर भई हाल काठमाडौंको बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी २७ वर्षीया विवाहित महिला सालु गुरुङले सोमबार बेलुकी पौने ४ बजे बौद्ध गेटअगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छिन्।

आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको र अवस्था गम्भीर रहेकाले गोकर्णेश्वरस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि तत्काल कीर्तिपुरस्थित बर्निङ अस्पतालको आईसीयूमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

उनले किन यस्तो चरम कदम चालिन् भन्ने विषयमा हालसम्म कुनै पनि कारण खुल्न नसकेको र घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
शेयर