ईर्साद अन्सारी
५ साउन,काठमाण्डाैं । काठमाडौंको बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरपछाडि कुमारीगालमा बस्दै आएका कपडाका थोक व्यापारी नवीन जिन्दलले आत्म हत्या गरेका छन ।
अग्रवाल ले सोमबार बेलुकी आफ्नै घरको चार तला माथिको बार्दलीबाट हामफालेर आत्महत्या गरेका छन्। भारतबाट कपडा आयात गरी बौद्धमा पसल चलाउँदै आएका उनलाई हामफालेलगत्तै स्तुपा अस्पताल लगिएको थियाृेतर चिकित्सकहरूले मृत घोषित गरे।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको कोठामा विष फेला परेकाले, उनले विष सेवन गरेर हामफालेको अनुमान छ।
व्यापारमा मन्दी आएपछि उनी आर्थिक तनावमा थिए, र उच्च रक्तचाप, मधुमेह तथा डिप्रेसनको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ।
प्रतिक्रिया


