४ साउन,बारा । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम सरकारी रकम खर्च गर्दा खर्च पुष्टि गर्ने बिल, भर्पाई, प्रमाण र कागजात संलग्न गरी बिल भर्पाई बमोजिम मात्र भुक्तानी गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था छ।
तर, भौचर नं. ८३ (२०८१/०७/१४) बाट शान्ति मिडिया प्रा.लि. लाई खर्च भुक्तानी गर्दा रु. ४३,२२२/- को मात्र बिल प्राप्त भएकोमा रु. ६६,१०४/- भुक्तानी दिई रु. २२,८८२/- बढी भुक्तानी गरिएको र आर्थिक वर्ष २०८१/०८२ मा समेत उक्त बढी भुक्तानी भएको रकम असुल उपर नभएको विषय महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। थप गम्भीर कुरा त के छ ।
मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘संस्कार एफएम’ का सञ्चालक स्वयं तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो (जो हाल करैयामाई गाउँपालिकाका योजना शाखा प्रमुख छन्) रहेको खुलासा भएको छ,र।
जसको कार्यकालमा करोडौं रकम अनियमितता भएको महालेखाको तथ्यांकले स्पष्ट पारेको छ।


