सलमान खानको यो भिडियोले हल्लायो इन्टरनेट: आफ्नै बडीगार्ड भन्दा बुढो देखिएपछि फ्यान स्तब्ध!

छानबिन न्यूज
पाठक संख्या 108
2 Min Read
Oplus_16908288

३ साउन,काठमाडौँ । बलिउडका ‘सदाबहार तन्दुरुस्त’ अभिनेता एवं करोडौँ युवाका फिटनेस आइकन सलमान खानको एउटा पछिल्लो भिडियोले यतिबेला सामाजिक सञ्जालमा बहस छेडिदिएको छ ।

मुम्बईमा आयोजित एक कार्यक्रममा देखिएका सलमानको शारीरिक अवस्था र हुलिया सोचेभन्दा निकै कमजोर पाइएपछि संसारभरका फ्यानहरू स्तब्ध भएका छन् । भिडियो भाइरल हुनासाथ सामाजिक सञ्जालमा “हाम्रा भाइजानलाई आखिर के भयो, कतै उनी गम्भीर बिरामी त छैनन्?” भन्दै शुभचिन्तकहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

​सधैँ आफ्नो कसिलो जीउज्यान र ‘दबङ’ जवानीका लागि चिनिने सलमान भिडियोमा निकै वृद्ध, गलेको र ठीकसँग हिँड्न समेत मुस्किल परिरहेको जस्तो देखिन्छन् । ६० वर्ष पुगेका अभिनेताको अनुहार ओइलाएको र छाला झुण्डिएको प्रष्टै देख्न सकिन्छ।

​बडीगार्ड ‘शेरा’ भन्दा पनि वृद्ध देखिए भाइजान

​भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कमेन्टको बाढी नै आएको छ। सलमानको यो रूप देखेर एक फ्यानले लेखेका छन्, “भाइजान त आफ्ना व्यक्तिगत बडीगार्ड शेराभन्दा पनि बुढो देखिन थालेछन्, यो दृश्य हेर्नै निकै दुःख लागिरहेको छ ।” त्यस्तै, अर्का प्रयोगकर्ताले उनको स्वास्थ्यमाथि आशंका गर्दै लेखेका छन्, “उनी ठीकसँग खुट्टा टेक्न समेत सकिरहेका छैनन्, कतै उमेरका कारण मात्र हो कि भित्र कुनै लुकेको रोगले यस्तो बनाएको हो?”

​बलिउड वृत्तमा यो भिडियोले ठूलो हलचल पैदा गरेको छ । कतिपयले ६० वर्षको उमेरमा यस्तो देखिनु प्राकृतिक भएको तर्क गरे पनि, बहुसंख्यक फ्यानहरू भने उनको खस्कँदो स्वास्थ्यलाई लिएर डराएका छन् । यद्यपि, सलमान खान वा उनको म्यानेजमेन्ट टोलीको तर्फबाट स्वास्थ्यलाई लिएर अहिलेसम्म कुनै आधिकारिक बयान बाहिर आएको छैन ।

​कुन कार्यक्रममा देखिएका थिए सलमान?

​पछिल्लो समय बिग्रँदो सुरक्षा थ्रेट र अन्य कारणले सञ्चारमाध्यममा कमै देखिने सलमान खान शुक्रबार मुम्बईको ‘स्लम रिह्याबिलिटेसन अथोरिटी’ (SRA) को नयाँ आईटी सर्भर रुम उद्घाटन गर्न पुगेका थिए । उक्त कार्यक्रममा उनले गरिब परिवारहरूलाई नयाँ घरको साँचो समेत हस्तान्तरण गरेका थिए ।

​परोपकारी र सामाजिक काममा सक्रिय देखिए पनि, उनको यो अप्रत्याशित हुलिया र शारीरिक कमजोरीले गर्दा यतिबेला उनका करोडौँ प्रशंसकहरूको निन्द्रा हराम गरिदिएको छ । अहिले इन्टरनेटभरि सलमानको सुस्वास्थ्यको कामना गर्नेहरूको ओइरो लागेको छ।

प्रतिक्रिया
शेयर