सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार प्रयास जारी

छानबिन न्यूज
पाठक संख्या 90
1 Min Read
Oplus_16908288

३ साउन,बारा ।  सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा एक युवक चढेपछि सुरक्षाकर्मीको संयुक्त टोलीले उनको उद्धार प्रयास सुरु गरेको छ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैन रातिको समयमा नै टावरको माथिल्लो भागमा चढेको आशंका गरिएको छ ।

 बिहान ४ बजे साथीलाई फोन गरेर त्यहाँ बोलाएका थिए। घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा परिचालन भई युवकसँग निरन्तर संवाद गर्दै उनलाई सुरक्षित रूपमा तल ओराल्ने प्रयास गरिरहेका छन्।

हालसम्म ती युवक टावरमा चढ्नुको वास्तविक कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया
शेयर