३ साउन,बारा । प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्डको बैंककमा आयोजना हुन गइरहेको ‘FBI Regional Summit on Scam Center Compounds and Transnational Organized Crime’ मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन ।
उक्त समिटमा सहभागी हुन महानिरीक्षक कार्कीसँगै प्रहरी उपरीक्षक धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेका हुन ।
महानिरिक्षक कार्कि र भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामना व्यक्त गर्दै बिदाइ गरेका थिए ।
प्रतिक्रिया


