कुलेश्वरमा प्रहरीद्वारा गोली प्रहार: लागुऔषधसहित दुई जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 38
1 Min Read
Oplus_16908288

३ साउन,काठमाण्डाैं । ​काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर ठूलो मात्रामा औषधीजन्य लागुऔषधसहित एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोलीले कुलेश्वर पुल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिएका छन ।

प्रहरीको गोली प्रहारबाट एक भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेर घाइते भएका छन् भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर