ईर्साद अन्सारी
१ साउन,बारा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित बनाएका छन् भने मन्त्रालयको संख्या घटाइए पनि मन्त्रीहरूको संख्या भने १४ नै कायम राख्दै किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेलसहित ६ जना मन्त्रीहरूलाई बिना विभागीय बनाइएको छ।
नेपाली कांग्रेसका मुख्यमन्त्री बानियाँले चालेको यस कदमसँगै कांग्रेसले सबै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरिसकेको पृष्ठभूमिमा एमालेका मन्त्रीहरू हिजै सरकार छाड्ने तयारीमा रहे पनि केन्द्रबाट “संवाद भइरहेकाले ठोस निर्देशन नआई सरकारबाट नहट्नु” भन्ने निर्देशन आएपछि रोकिएका छन्।
यतिबेला नयाँ राजनीतिक समीकरण निर्माणका लागि कांग्रेस र एमाले दुवै दलले नेकपासँग संवाद अघि बढाइरहेका छन् भने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका भ्रमणबाट फर्किएपछि मात्रै नयाँ गठबन्धनबारे ठोस निर्णय हुने जनाइएको छ।


