कांग्रेसमा गुटगत भेला तीव्र: इतर र संस्थापन पक्ष रणनीति बुन्दै, साउन ६ मा काउन्टर कार्यक्रम गर्ने तयारी

छानबिन न्यूज
पाठक संख्या 116
1 Min Read
Oplus_16908288

१ साउन,काठमाण्डाैं ।  नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र आगामी रणनीतिका विषयमा छलफल गर्न दुवै पक्षका भेलाहरू तीव्र पारिएका छन् ।

जसअन्तर्गत संस्थापन पक्षलाई काउन्टर दिन इतर पक्षले आगामी साउन ६ गते बिपी स्मृति दिवसका अवसरमा विशेष कार्यक्रम गर्ने तयारी गरेको छ।

यसै सिलसिलामा काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षको बैठक जारी रहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्

 अर्कातर्फ संस्थापन पक्षका नेता पूर्णबहादुर खड्काले पनि पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक बोलाएका छन्। काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी तथा शीर्ष नेताहरू सहभागी रहेका यी छुट्टाछुट्टै बैठकहरूमा पार्टीको पछिल्लो सांगठनिक विवाद, आ-आफ्नो समूहको आगामी कार्यदिशा र रणनीतिबारे सघन छलफल भइरहेको बुझिएको छ।

प्रतिक्रिया
शेयर