ईर्साद अन्सारी
७ चैत,बारा, अरबी पात्रो हिजरी संवतको नवौँ महिनाभरि निराहार व्रत (रोजा) बसेका देशभरका मुस्लिम समुदायले आज विशेष नमाज पाठ गरी र ठूलाबडाबाट आशीर्वाद लिएर खुसीयालीका साथ ‘इद उल फित्र’ पर्व मनाउँदै छन्।
शनिबार बिहान काठमाडौंको घण्टाघरस्थित जामे र काश्मिी मस्जिद लगायत देशभरका इदगाहहरूमा विशेष नमाज अदा गरेपछि सुरु हुने यो पर्वमा आफन्तहरूबीच सेवई र खजुरजस्ता मीठा परिकार साटासाट गर्ने तथा एक वर्षभरिको बचतबाट साढे दुई प्रतिशत ‘जकात’ (दान) र गच्छेअनुसारको ‘सत्कार फितर’ गरिब एवं दीनदुःखीलाई वितरण गर्ने धार्मिक परम्परा रहेको छ।
एक महिना लामो कठोर व्रतको समापनमा नयाँ पहिरन लगाएर शुभकामना आदानप्रदान गरिने यस विशेष अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।
प्रतिक्रिया


