नेपाली कांग्रेस विशेष महाधिवेशन:​‘नयाँ दिन’ कुरेरै बाह्र बजे घोषणा गरियो गगन थापाको प्यानल, गुरु र प्रदीप बने महामन्त्री

छानबिन न्यूज
पाठक संख्या 315
1 Min Read

१ माघ,काठमाण्डाैं । ​माघे संक्रान्तिको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेको छ।

संस्थापन पक्षको विमति र सहमतिका प्रयासहरू विफल भएपछि आयोजना गरिएको यस बन्दसत्रमा १२ बज्नासाथ नयाँ कार्यसमितिको नाम सार्वजनिक गरिएको हो।

नयाँ समितिमा सभापतिमा गगन थापा, उपसभापतिहरूमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

त्यस्तै, विभिन्न क्लस्टरबाट सहमहामन्त्रीहरूमा डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदय शम्शेर जबरा, मुक्ताकुमारी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा चयन भएका छन्।

घोषणा सभामा उत्साहजनक माहोलका बीच दुई हस्ती गगन र विश्वप्रकाशले एकअर्कालाई माला लगाउँदै ऐक्यबद्धता जनाएका थिए भने अब यो टोली आफ्नो आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने तयारीमा छ।

Oplus_16908288
प्रतिक्रिया
शेयर